मेयर्स कपकाे उपाधि जित्ने लक्ष्यमा पुलिस र एपीएफ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२८
  • |
  • 306 पटक हेरिएको

काठमाडौं मेयर्स कपको उपाधिका लागि भोली दुई विभागिए टिम नेपाल पुलिस र एपीएफ क्लव आमनेसामने हुँदैछन । जसका लागि दुबै टिमका कप्तानले उपाधि जित्ने दावी गरेका छन ।

लिग चरणमा शिर्ष दुईमा रहेका दुबै टिमले फाइनल खेल्न लागेका हुन । शरद भेषवाकरको कप्तानीमा रहेको एपीएफ घरेलु क्रिकेटमा एक महिनामा दोस्रो फाइनल खेल्न लागेको हो । यसअघि पीएम कपमा एपीएफ फाइनलमा आर्मीसँग हारेको थियो । यस्तै पुलिस पहिलो संस्करणको मेयर कपमा फाइनलमा पुगेको थियो । समुह चरणमा यी दुई टिम भिड्दा एपीएफले एक विकेटको रोमाञ्चक जित निकालेको थियो ।

पुलिसका कप्तान मञ्जित श्रेष्ठले एपीएफ टिम बलियो रहेको र फाइनल खेल रोमाञ्चक हुने अपेक्षामा रहेको बताए । साथै उनले टिममा दुई चार जना खेलाडी चोट ग्रस्त रहेपनि मैदानमा त्यसलाई नदेखाएको बताए । उनले कुनैपनि खेलाडीलाई दबाव नदिएको र आफ्नो तरिकाले खेल्न भनेको बताए ।

यता एपीएफका कप्तान शरदले पनि टिममा केहि खेलाडी घाइते भएपनि त्यसले फाइनलमा कुनै असर नगर्ने बताए । कीर्तिपुरमा रन बनिरहेको र जसले राम्रो ब्याटिङ गर्यो, त्यो टिमले उपाधि जित्ने संभावना रहेको बताए । उनले तयारी राम्रो रहेको र अहिले नै यस्तो खेल्छौ भनेर भन्न सक्ने अवस्था छैन, टिमले कस्तो प्रदर्शन गर्छ भन्ने मैदानमा नै देखिने बताए ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र उत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार रुपैयाँ पाउने बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey