भारतीय कम्पनीसँग खेलाडीकाे ‘ड्रेस’ प्रायाेजनकाे सम्झाैता गर्ने तयारीमा क्यान

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२७
  • |
  • 605 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले आफ्ना खेलाडीको पोशाकका लागि नयाँ प्रायोजकको खोजिमा रहेको छ । जसका लागि चार वटा कम्पनीले यसका लागि आवेदन दिएका छन ।

क्यानका एक पदाधिकारीले राष्ट्रिय टिमको ड्रेस प्रायोजनका लागि चार वटा कम्पनीले चासो देखाएको बताए ।

जसमा भारतीय कम्पनी देखि केल्मीसम्म रहेका छन । फुटबलमा प्रायोजक गरेर बजार फैलाएको केल्मीले क्रिकेटमा पनि प्रायोजन गर्ने जमर्को गरेको छ । स्पेनिस ब्राण्ड केल्मीले केही समय अगाडी मात्रै नेपाली राष्ट्रिय भलिवल टोलीलाई पनि प्रायोजन गरेको छ ।

तर क्यानले केल्मी राम्रो ब्राण्ड भएपनि क्रिकेटमा त्यति अनुभवी नभएकाले अर्को कम्पनीसँग सम्झौता गर्ने तयारी भएको स्रोतको भनाई छ ।

क्यानले चाँडै भारतीय क्रिकेट टिमको ड्रेस पार्टनर रहेको कम्पनीसँग सम्झौता गर्ने तयारी गरेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey