एपीएफ मेयर कप क्रिकेटकाे फाइनलमा, पुलिससँग उपाधिका लागि खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२७
  • |
  • 279 पटक हेरिएको

काठमाडौं मेयर ११ लाई सात विकेटले हराउँदै एपीएफ क्लव मेयर कप एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा एपीएफलाई फाइनलमा पुग्न जित्नैपर्ने दबाव थियो । जसमा उसले सन्दिप लामिछानेको कप्तानीमा रहेको मेयर ११ माथि सहज जित हात पार्यो । अब एपीएफले उपाधिका लागि पुलिससँग खेल्नेछ ।

मुलपानी क्रिकेट मैदान टस हारेर ब्याटिङको निम्ताे पाएकाे काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनायो ।

काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए । यस्तै हरिशंकर साहले ३६ रन जोड्दा खडक बोहराले १३ रन बनाए ।

बिक्रम भुसालले २० रन जोडे भने कप्तान सन्दीप लामिछाने ११ रनमा आउट भए ।

एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले ३/३ विकेट लिए ।

जवाफमा एपीएफले ४४ ओभर एक बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

एपीएफले सुरुवात भने राम्रो गर्न सकेन । एक रन हुँदा पहिलो विकेट गुमाएके उसले ४४ रनमा दोस्रो र ५७ रनमा तेस्रो विकेट खेर फाल्यो ।

उसका आशिफ शेखले खाता खोल्न सकेनन् भने शंकर राना ३१ रनमा आउट भए । यस्तै भुवन कार्की ११ रनमा पेभेलियन फर्किए ।

तर चौथो विकेटका लागि सन्दिप जोरा र कप्तान शरद भेषवाकरले शतकीय साझेदारी गरे । दुबैले एक सय २१ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । जसमा सन्दिपले ६२ रनको अर्धशतकीय पारी खेले भने शरदले पनि ६१ रनको योगदान गरे ।

एपीएफ फाइनलमा पुगेसँगै आर्मी र बागमतीपनि प्रतियोगिताबाट बाहिरीएका छन । फाइनल खेल शनिबार हुनेछ । जसमा एपीएफले पुलिससँग कीर्तिपुर मैदानमा खेल्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey