मेयर कपकाे फाइनलकाे एक स्थानका लागि चार टिमकाे प्रतिस्पर्धा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२६
  • |
  • 207 पटक हेरिएको

काठमाडौं मेयर कपमा नेपाल पुलिस क्लवले फाइनलमा पुगेसँगै खाली रहेको अर्को स्थानका लागि बाँकी चार टिमको प्रतिस्पर्धा हुने भएको छ । जसमा बागमती र आर्मीको संभावना निकै न्यून रहेको छ भने एपीएफ र मेयर ११ को संभावना फिप्टि फिप्टि रहेको छ ।

लिगको अन्तिम दिन हुने दुई खेलले फाइनलमा पुग्ने अर्को एक टिमको टुंगो लाग्ने भएको छ ।

लिगको अन्तिम दिन पुछारमा हरेको बागमती र आर्मी खेल्नेछन । यो खेलको विजेताले एपीएफ र काठमाडौंको खेलको नतिजा कुर्नुपर्नेछ । बागमती र आर्मीविचको खेलमा जसले हार्यो त्यो प्रतियोगिता स्वतः बाहिरीनेछ । जित्ने टिमले एपीएफ र मेयर ११ को टिमको नतिजा कुर्नुपर्ने भएको छ ।

यता एपीएफ र काठमाडौं विचमा पनि एपीएफ जितेमा स्वतः फाइनलमा पुग्ने छ भने फाइनलमा पुग्नका लागि मेयर ११ टिमले भारी अन्तरको जित हात पार्नुपर्नेछ । झिनो अन्तरको हारले उसलाई फाइनलमा पुग्न कठिन हुनेछ । किनकी रन रेटका आधारमा मेयर ११ तालिकाको अन्तिममा रहेको छ । पुलिससँग एक सय तीन रनको भारी अन्तरले उसलाई रन रेटमा ठूलो घाटा लागेको हो ।

त्यसमा पनि बागमती वा आर्मीको खेलमा कुनैपनि टिमले ठूलो अन्तरको जित निकालेमा एपीएफलाई झिनो अन्तरको जित निकालेको मेयर ११ लाई रनरेटमा भर पर्नुपर्ने हुन्छ ।

अंक तालिकामा एपीएफको चार अंक रहेको छ भने मेयर ११, आर्मी र बागमतीको दुई दुई अंक छ । सबै टिम फाइनलमा पुग्नका लागि लालायित छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey