होराइजन क्रिकेट क्लब सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 205 पटक हेरिएको

होराइजन क्रिकेट क्लब रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।

समूह ‘सी’ अन्तरगत भएको खेलमा होराइजनले तिलोत्तमा क्रिकेट क्लबलाई ७४ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले ५० ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रन बनायो । मनिष थापाले ५०, गोबिन्द केसीले २४, अमर मिश्राले २३ र रुपेश बस्यालले २१ रन जोडे । तिलोत्तमाका कृष्ण भुषालले चार र सन्देश जिसीले दुई विकेट लिए ।

जवाफी ब्याटिङ गर्न आएको तिलोत्तमाले २२ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटियो । उसकालागि भुवन गैरेले सर्वाधिक २३ रन बनाए ।

बलिङमा होराइजनका शक्ति गौचन, सुमित पराजुली, तुल बहादुर थापा र पुरुसोत्तम भट्टराईले दुई÷दुई विकेट लिए । पहिलो सेमिफाइनल २६ गते होराइजन र बुद्ध क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey