श्रीलंकाविरूद्धकाे टी-२० सिरिज वेष्ट इन्डिजकाे पाेल्टामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 281 पटक हेरिएको

घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज वेस्ट इन्डिजले २-१ ले जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ३ विकेटले हराएर वेष्ट इन्डिजले सिरिजकाे उपाधि उचालेकाे हाे ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाउदै एक सय ३१ रन बनायाे । उसका लागि दिनेश चण्डीमालले ४६ बलमा ३ चौकाकाे मद्दतमा ५४ रनको अर्धशतकीय पारी खेले ।

यस्तै अशेन बन्दराले ४४ रन बनाए भने कप्तान एन्जेलो म्याथ्युज ११ रन जाेडे । बलिङमा वेस्ट इन्डिजका फाबियने एलन,केभिन,ओबेड म्याकक्वे र जासन होल्डरले एक एक विकेट लिए ।

श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

वेस्ट इन्डिजको जितमा लेन्डल सिमोन्सले २६ रन बनाए भने निकोलस पुरनले २३ रन तथा इभिन लेविसले २१ रन जोड्दा फाबियन एलनले अविजित रहदै २१ रन बनाए ।

श्रीलंकाका लक्शान शन्दकानले ३ विकेट लिए । दुश्मन्था चामिरा र हसरंगा डा सिल्भाले २/२ विकेट लिए । सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले ४ विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा श्रीलंकाले ४३ रनको जित निकालेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey