रत्न र नविनको जोडीलाई उपाधी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२२
  • |
  • 639 पटक हेरिएको

भोजपुरका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी भोजपुरमा जारी प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचाल्न सफल भएका छन् ।

रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी माथि २१-१८, २१-८ को सहज जित निकाल्दै उपाधी उचालेका हुन् । बिजयी जोडीले नगद ५० हजारका साथै मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपबिजेता टोलीले नगद ३० हजार मेडल र प्रमाण पत्र तथा तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद १५ हजार मेडल, प्रमाण पत्र प्राप्त गरे ।

भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा आयोजित प्रतियोगिताको पुरुष एकल तर्फ पाँचथरका दिवस शंकरले आफ्नै जिल्लाका एशिया जवेगु माथि संघर्षपूर्ण जित निकाल्दै उपाधी चुमे । दिवसले एशिया माथि २२-२०, १९-२१, २२-२० को सघर्षपूर्ण जित हात पारेका हुन् । बिजयी खेलाडीले नगद २५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । उपबिजयी खेलाडीले नगद १५ हजार, मेडल प्रमाण पत्र तथा तृतीय हुनेले नगद ७ हजार ५ सय मेडल र प्रमाण पत्र प्राप्त गरे ।

महिला तर्फको खेलमा नेपाल नंम्बर एक भोजपुरकी नङ्गशल तामाङ्गले जित हात पार्दै उपाधी चुमिन् । निकैनै प्रतिस्पर्धात्मक खेलमा तामाङ्गले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सिमा राजबंशी संग २१-१८, १८-२१ को एक एकको बराबरीको खेल खेल्दै निर्णायक खेलमा १५ । २ ले पछि परेको अवस्थामा अस्वस्थ भई सिमाले खेल त्यागे पछि नङ्गशलले जित हात पारिन् । बिजयी खेलाडीले नगद २० हजार मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् । यस्तै उपबिजयी खेलाडीले नगद १० हजार, तृतीयले नगद ५ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरे ।

गल्र्स यु १७ तर्फको प्रतिस्पर्धामा मोरङ्गकी रोज पाण्डेले उपाधी उचालिन् । उनले फाईनलमा सुनसरीकी सृष्टी चाम्लिङ्ग राईलाई २१-१२, २१-१७ ले पराजित गर्दै उपाधी हात पारेकी हुन् । रोजले विजय भए बापत १५ हजार नगद सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् । यस्तै उपबिजयी सृष्टीले नगद ८ हजार सहित मेडल, प्रमाण पत्र प्राप्त गरिन् ।

यस्तै ब्वाईज तर्फ इटहरी ब्याडमिन्टन क्लबका भोजबहादुर गुरुङ्ग बिजयी भए । उनले सुनसरीका सत्यम सुब्बा माथि २१-१०, २३-२१ को कठिन जित निकाले । यस संगै भोजले ट्रफी मेडल प्रमाण पत्रका साथ नगद १५ हजार र उपबिजयी सत्यमले नगद ८ हजार, मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

भोजपुरमा जुनियर लेभल देखि खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको यु १३ गल्र्स तर्फको खेलमा निमा तामाङ्गले उपमाम खड्कालाई २२-२०, २१-१८ ले पराजित गर्दै नगद ५ हजार सहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् ।

उपबिजेता खड्काले नगद ३ हजार प्राप्त गरिन् । यस्तै ब्वाईज तर्फ मिबुङ्ग राईले जित हात पारे । उनले तयाबुङ्ग राईलाई २१-१४, २१-१९ ले पराजित गरे । बिजयी तथा उपबिजयी खेलाडीहरुले नगद ५ हजार र ३ हजार तथा तेश्रो हुनेले नगद १५ सय प्राप्त गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey