मेयर कपमा पुलिसको बागमतीमाथि दुई रनको रोमाञ्चक जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२२
  • |
  • 535 पटक हेरिएको

काठमाडौं मेयर कप एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशमाथि नेपाल पुलिस क्लवले रोमाञ्चक जित हात पारेको छ । प्रतियोगिताको पहिलो खेलमा बागमतीमाथि विभागिए टिम नेपाल पुलिसले २ रनको रोमाञ्चक जित निकाल्न सफल भयो ।

मुलपानी क्रिकेट मैदानमा आउटफिल्ड गिलो भएकाले ३८ ओभरमा झारिएको खेलमा पुलिसले पहिले ब्याटिङ गर्दै २५ ओभर दुई बलमा मात्र ७२ रनमा अलआउट भयो ।

खराव सुरुवात गरेको पुलिसले ११ रनमा पहिलो विकेट गुमायो । तर उसले १९ रन बनाउँदा चार विकेट खेर फाल्यो ।

तर त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । जसमा पुलिसको स्कोरबोर्डमा ६२ रन हुँदा आठ विकेट झरेको थियो । त्यसपछिपछि उसको विकेट झर्ने क्रम रोकिएन र पुलिस मात्र ७२ रनमा अलआउट भयो ।

उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । सुनील धमलाले १०, दिलिप नाथ र अनिल शाहले समान १०–१० रन बनाए भने कप्तान मञ्जित श्रेष्ठले १५ रनको योगदान गरे ।

पुलिसका कुशल भुर्तेल दुई, अमित श्रेष्ठ तीन, योगेन्द्रसिंह कार्की ६, रासिद खान एक रनमा आउट भए । दिपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन् ।
पुलिसलाई सस्तैमा समेट्न आरियो पौडेलले चार तथा नन्दन यादवले तीन विकेट लिए ।

जवाफमा बागमतीले २७ ओभर दुई बलमा ७० रनमा अलआउट भयो । बागमतीले पनि सुरुवात भने राम्रो गर्न सकेन । मात्र २१ रन हुँदा दुई विकेट गुमाएको बागमतीका आदिल खान १० रनमा आउट भए भने पारस खड्काले खाता खोल्न सकेनन् ।

तर त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल ब्यक्तिगत २२ रनमा आउट भएपछि बागमतीले ४३ रनमा तेस्रो विकेट गुमायो । ‘

त्यसपछि इशान पाण्डेपछि ब्यक्तिगत सात रनमा आउट भएपछि बागमतीले ५३ रनमा चौथो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका पृथु बास्कोटापनि ब्यक्तिगत नौ रनमा नै आउट भए । जसका कारण उसले ५७ रनमा पाँचौं विकेट खेर फाल्यो ।

यस्तै आकाश थापापनि मात्र चार रनमा आउट भए । त्यसपछि ललित राजवंशीले एकै ओभरमा दुई विकेट लिएपछि बागमती अन्तिममा दबावमा आएको थियो । उनले सोनु डेभकोटा र नन्दन यादवलाई खाता खोल्न नदिँदै आउट गरे ।

बलिङमा दिपेन्द्रसिंह ऐरीले चार तथा ललित राजवंशीले तीन विकेट लिए । यस्तै सागर ढकालले दुई विकेट हात पारे । यो जितपछि बागमतीले प्रतियोगितामा दुई अंक जोडेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey