सेनापति खुल्ला म्याराथनकाे उपाधि सेनाका कृष्ण बहादुर बस्नेतकाे हातमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२२
  • |
  • 480 पटक हेरिएको

छैठौं प्रधान सेनापति खुल्ला म्याराथनमा नेपाली सेनाका कृष्णबहादुर बस्नेत प्रथम भएका छन् ।

४२ किलोमिटरको फुल म्याराथनको २ घण्टा २१ मिनेट ५९ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै कृष्ण च्याम्पियन भएका हुन् ।

यस्तै भारतीय सेनाका तीर्थकुमार पुन दोस्रो भए । उनले २ घण्टा २२ मिनेट २२ सेकेण्ड लगाएर दुरी पुरा गरेका थिए । नेपाली सेनाकै होमलाल श्रेष्ठ २३ मिनेट ३२ सेकेण्डमा पुरा गरि तेस्रो भए ।

सेनाके मुख्यालयबाट सुरू भएकाे म्याराथन थापाथली, माइतिघर, बानेश्वर, केटेश्वरबाट अगाडी गएर जगातीबाट फर्किएर सानो ठिमीबाट पेप्सिकोलाहुँदै कोटेश्वरबाट एयरपोर्ट गौशाला, चाबहिलबाट महाराजगञ्ज हुँदा लैनचौर, घण्टाघर हुँदै भद्रकालीमा नै आएर सकिएको थियो ।

हाफ म्याराथनको पुरुषतर्फ नेपाली सेनाकै राजेन्द्र राई पहिलो भए । उनले निर्धारित दुरी एक घण्टा ६ मिनेट ३० सेकेण्डमा पुरा गरे । यस्तै सेनाकै राजन रोकाय दोस्रो भए । उनले एक घण्टा सात मिनेट ११ सेकेण्डमा पुरा गरे । तेस्रोमा रहेका नरेन्द्र रावलले दुरी एक घण्टा ८ मिनेट ४८ सेकेण्डमा पुरा गरे ।

हाफ म्याराथनको महिलातर्फ सशस्त्र प्रहरी वलका पुष्पा भण्डारी पहिलो भइन । उनले निर्धारित दुरी एक घण्टा १७ मिनेट ३३ सेकेण्डमा पुरा गरिन् । त्यस्तै नेपाली सेनाकी विश्वरुपा बुढा दोस्रो भइन ।

उनले एक घण्टा २० मिनेट ९ सेकेण्डमा दुरी पुरा गरिन । एपीएफकी विन्द्रा धनके श्रेष्ठ तेस्रो भइन् । उनले दुरी एक घण्टा २४ मिनेट ४६ सेकेण्डमा पुरा गरिन ।

म्याराथनको विजेताले तीन लाख हात पारे भने दोस्रो हुनेले दुई लाख र तेस्रो हुनेले एक लाख रुपैयाँ पाए । यसका साथै पुरुष म्याराथनको विजेताले एक थान यामाहा मोटरसाइकल पाए ।

यस्तै हाफ म्याराथनको विजेतामा महिला र पुरुष दुबैको विजेताले ७५ हजार रुपैयाँ पाए भने दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ पाए । यस्तै महिला हाफ म्याराथनको विजेताले स्कुटर पाइन पाए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey