नेपाल पुगेकाे २४ घण्टापछि नै सन्दिपले मेयर कप खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२१
  • |
  • 389 पटक हेरिएको

मेयर कप क्रिकेटमा काठमाडौं मेयर ११ टिमको कप्तानी गर्ने सन्दिप लामिछाने भोलीसम्म नेपाल पुग्नेछन । उनी नेपाल आएको २४ घण्टापछि नै प्रतियोगिता खेल्ने भएका छन ।

पाकिस्तान सुपर लिगका लागि गएका सन्दिप अचानक प्रतियोगिता स्थगित भएपछि एक खेल नै नखेली स्वदेश फर्किनुपरेको छ । उनी आज मध्यराती वा भोली नेपाल पुग्नेछन ।

सन्दिपको टिकटको कुरा भइरहेको र उनी आज मध्यराती वा ढिलाेमा भोलीसम्म नेपाल पुग्नेछन । सन्दिप नेपाल पुगेको २४ घण्टा पछि नै मैदानमा उत्रिनुपर्ने भएको छ ।

पीएसएल स्थगित भएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई मेयर ११ टिमको कप्तान बनाएको छ । सन्दिप टिममा भित्रिएपछि मेयर टिमको पनि मनोबल बढेको छ । बागमती बाहेकका अरु प्रदेशका खेलाडी समेटेर मेयर ११ टिम बनाइएको हो । जसमा पीएम कपमा उत्कृष्ट खेलेका खेलाडीलाई समावेश गरिएको छ । सो टिममा प्रायः युवा खेलाडीको बाहुल्यता रहेको छ ।

सन्दिपले करिव तीन बर्षपछि घरेलु प्रतियोगिता खेल्ने भएका छन । सन्दिपले सन् २०१८ पछि पहिलो पटक घरेलु प्रतियोगिता खेल्ने छन । उनले अन्तिम पटक एभरेष्ट प्रिमियर लिग खेलेका थिए । त्यो बेला बिग ब्यास लिगका लागि जाने भएकाले दुई खेल मात्र खेलेका थिए ।

गत महिना भएको प्रधानमन्त्री कप क्रिकेट हुँदापनि उनी बिग ब्यास लिगमा थिए । अघिल्लो संस्करणको प्रधानमन्त्री कपका बेला उनको आँखाको सल्यक्रिया गरिएको थियो । जसका कारण उनले नेपालमा हुँदापनि प्रतियोगिता खेल्न पाएका थिएनन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey