टोकियो ओलम्पिक याे बर्ष गर्न हुन्न भनेर ५८ प्रतिशत जनताकाे मत

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१९
  • |
  • 273 पटक हेरिएको

जापानका अधिकांश जनताले टोकियो ओलम्पिक आफ्नो देशमा होस भनेर चाहेको बताइएपनि ५८ प्रतिशत जनताले भने प्रतियोगिता यो बर्ष नहुनुपर्ने धारणा राखेका छन ।

जापानी पत्रिका योमीरी डेलीले गरेको पोलमा ५८ प्रतिशत जनताले कोरोनाका कारण यो बर्ष टोकियो ओलम्पिक नहुनुपर्ने धारणा राखेका हुन ।

जनवरी १८ देखि फेव्रेवरी २५ तारिखसम्म गरिएको पोलिङमा आगामी जुलाई अन्तिम र अगष्टको पहिलो साता हुने टोकियो ओलम्पिक यो बर्ष नहुनुपर्नेमा ५८ प्रतिशतले मत दिएको बताएको छ ।

अहिले पनि जापानमा कोरोनाका कारण केहि स्थानमा आपतकालिनको घोषणा गरेकाले पनि उनीहरुले यस्तो मत दिएको बताइएको छ ।
३० प्रतिशत जनताले प्रतियोगिता तोकेकै समयमा हुनुपर्छ भन्ने धारणा राखेका छन ।

यदि तोकेकै मितीमा प्रतियोगिता आयोजना भएमा ९१ प्रतिशत जनताले थोरै मात्रामा समर्थक राख्नुपर्ने बताएका छन । कोरोनाका कारण एक बर्ष स्थगित भइसकेको टोकियो ओलम्पिक आगामी जुलाई २३ तारिखबाट सुरु हुँदैछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey