रितिक र प्रेरणा च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१८
  • |
  • 170 पटक हेरिएको

रुपन्देहीमा सम्पन्न खुला लनटेनिस प्रतियोगिताको पुरुष तर्फको उपाधि बुटवलका रितिक रानाले जितेका छन भने महिला तर्फ प्रेरणा कोइराला च्याम्पियन बनिन् ।

आज भएको फाईनलमा रितिकले सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो पटक उपाधि हात पारे ।

यस्तै महिला एकलको उपाधि प्रेरणा कोईरालाले जितिन । उनले फाईनलमा अभिलाषा विष्टलाई ६–३, ६–१ को सेटमा पाखा लगाइन । पाच दिनसम्म चलेको प्रतियोगिताको ३५ बर्ष माथिको पुरुष एकलको उपाधि कमल भण्डारीले जिते ।

उनले फाइनलमा संन्जय प्रकाश श्रेष्ठलाई ६–२, ६–० को सेटमा पराजित गरे । यसैगरि ४५ बर्षमाथिको उमेर समुहको पुरुष एकलमा चन्द्र शाही पहिलो भए । उनले फाइनलमा धर्म लामिछानेलाई ६–४,६–३ को सोझो सेटमा हराए ।

५५ बर्षमाथिको पुरुष एकलमा हिमाल शाहले मनोज राणालाई ६–७, ६–२, १०–२ को सेटमा पराजित गर्दै च्याम्पियन बने ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey