मेयर कपमा महानगरपालिका ११ टिममा प्रदेश एकबाट सिद्धान्त छानिए

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१६
  • |
  • 152 पटक हेरिएको

फागुन २२ गतेबाट हुने काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताका लागि काठमाडौं महानगरपालिका टिमका लागि प्रदेश एक बाट सिद्धान्त लोहनी छनोट भएका छन ।

प्रदेश एकबाट सिद्धान्तले महानगरपालिका ११ टिमबाट खेल्नेछन । यसअघि कर्णाली प्रदेशबाट तीन जना खेलाडी छनोट भएका थिए ।

जसमा पीएम कप क्रिकेटमा राम्रो प्रदर्शन गरेका आधारमा कर्णाली प्रदेशबाट रविन्द्रजंग शाही, अनुज चुनारा र बिपिन रावललाई छनोट गरिएको हो ।

फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।

जसमा चार टिम पीएम कपको सेमिफाइनलमा पुगेका छन भने पाँचौं टिम विभिन्न प्रदेशबाट खेलाडी छनोट गरेर काठमाडौं महानगरपालिका टिम भनेर समावेश गरिनेछ ।

५० ओभरको हुने सो प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन । यो प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले ५० लाख रूपैयाँ दिनेछ । बाँकी खर्च हुने रकम क्यानले प्रायोजकबाट ल्याउनुपर्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey