ओलम्पिककाे तयारीका लागि विदेशी खेलाडीले अर्काे महिनाबाट जापान प्रवेश पाउने !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१५
  • |
  • 556 पटक हेरिएको

आसन्न टोकियो ओलम्पिकका लागि प्रतियोगितामा सहभागि खेलाडीले तयारीका लागि अर्को महिनाबाट जापान प्रवेश गर्न पाउने भएका छन । जापान सरकारले हाल जारी गरेको आपतकालिनको समयलाई अर्को महिना समाप्त गरेसँगै ओलम्पिकमा सहभागि खेलाडीले जापान जान पाउने भएका छन ।

जापानी एक पत्रिकाले मार्च सात तारिखमा आपतकालिनको समय सकिने र त्यसको केहि समयमा विदेशी खेलाडी प्रवेशमा लगाएको प्रतिबन्धलाई हटाइने जापान सरकारको योजना रहेको बताएको छ । त्यसपछि विदेशी खेलाडीले ओलम्पिकका लागि जापान प्रवेश गर्न सक्ने सो पत्रिकाले दावी गरेको छ ।

जापान पुगेको विदेशी खेलाडीले दुई साताको अनिवार्य क्वारेन्टिन पनि बस्न नपर्ने भनिएको छ । विदेशी खेलाडीलाई जापान पुगेर तयारी गर्नका लागि पनि खुकुलो हुने भनिएको छ । तर उनीहरुलाई बसोबार र स्पोर्टस भेन्यूमा भने कडा नियम पालना गर्नुपर्ने भएको छ ।

टोकियो ओलम्पिक आयोजकले यसअघि प्रतियोगिताको नियमावली सार्वजनिक गर्दै खाने र खेल्ने बेलाबाहेक अरुबेला अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने बताएको थियो ।

कोरोनाको दोस्रो लहरका कारण जापान सरकारले विदेशी खेलाडीलाई प्रवेश गरेर प्रशिक्षणमा रोक लगाएको थियो । कोरोनाका कारण जापानमा चार लाख ३१ हजार संक्रमित भएका थिए भने सात हजार आठ सयले ज्यान गुमाएका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey