नरेश सिंह इन्टर स्कूल क्रिकेटको उपाधि एल्हेबसलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१४
  • |
  • 458 पटक हेरिएको

महाेत्तरी । नरेश सिंह क्रिकेट एकेडेमीले आयोजना गरेको सातौं संस्करणको इन्टर स्कूल क्रिकेट प्रतियोगिताको उपाधि एल्हेबसले जितेको छ ।

शुक्रबार महोत्तरीको जलेश्वरमा भएको फाइनलमा एल्हेबस स्कूलले शिशु ज्ञाननिकुञ्जलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

शिशु ज्ञान निकुञ्जले दिएको १२० रनको लक्ष्य एल्हेबसले १४.४ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गरेको थियो ।

एल्हेबसलाई उपाधि दिलाउन आशिष मण्डलले ४२ रनको उत्कृष्ट पारि खेले । उनले ४४ बलमा सात चौका प्रहार गरेका थिए । उनैले विपक्षीका तीन विकेट पनि लिएका थिए ।

त्यसअघि शिशु ज्ञान निकुञ्जले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा विकेट गुमाएर ११९ रन बनाएको थियो ।

प्रतियोगितामा न्यू मोडर्न स्कूलले फेयर प्ले पुरस्कार पाउँदा बेस्ट ब्याट्सम्यानको उपाधि लचमु विद्यालयका रुपेश यादवले हात पारे ।

यसैगरी इमर्जिङ प्लेयरको उपाधि एल्हेबसका सिद्धार्थ गुप्ताले जित्दा वेस्ट बलरको उपाधि भने साउथ एशियन स्कूलका सुभाष ठाकुरले जिते । यसैगरी म्यान अफ द सिरिज लचमुका अभिषेक तिवारीले पाएका थिए ।

विजेता टिमलाई प्रदेश सभा सांसद् रानी शर्मा तिवारी, मटिहानी नगरपालिका प्रमुख हरि मण्डल, नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशन सिंह लगाएतले पुरस्कार वितरण गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey