समिर उत्कृष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१३
  • |
  • 587 पटक हेरिएको

नेपाल वादोरियो कराते डो संघको वार्षिक कार्यक्रम अनुसार सञ्चालित ग्रेडिङमा काठमाडौंका समिर लामा उत्कृष्ट घोषित भएका छन् ।

सहभागी ४९ जना मध्ये समिरले १०० पूर्णाङकमा सर्वाधिक ७९ अंक ल्याउदै उत्कृष्ट बनेका हुन् । सरस्वती डोजोले आयोजना गरेको २१ औं दिक्षान्त कार्यक्रममा समिरलाई बिहीबार प्रमाण पत्र हस्तान्तरण गरियो । ग्रेडिङमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली र दोलखाका खेलाडीको सहभागिता रहेको बताइएको छ ।

सहभागी ४९ मध्ये ४५ जना ब्राउन वेल्टबाट फस्ट डान ब्ल्याक वेल्ट तथा बाँकी ४ ब्ल्याक वेल्ट फस्ट डानबाट दोश्रो डानमा पदोन्नती भएका छन् ।
प्रशिक्षकहरु सूर्य राई, सन्तोष माझी, रमेश ढुंगेल र पुरुषोत्तम पोखरेलले ग्रेडिङ सञ्चालन गरेका थिए ।

उत्तीर्ण हुनेलाई नेपाल कराते महासंघका महासचिव एवं वादोरियो करातेका संस्थापक मुख्य प्रशिक्षक हरिशरण केसी, महानगर प्रहरी वृत, बौद्धका डिएसपी नवीन कार्कीलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र र वेल्ट प्रदान गरे ।

सो अवसरमा महासचिव केसीले कोरोनो महामारीका बेला गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा समस्यामा परेका खेलाडी, प्रशिक्षक, बृद्धबृद्धा र पशुपंछिलाई सहयोग गरेको बताउदै मर्कामा परेका खेलाडीलाई आगामी दिनमा पनि सहयोग गर्न पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey