एनएनआईपीए स्पाेर्टस अवार्ड आज

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-०८
  • |
  • 211 पटक हेरिएको

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको आयोजनामा आज स्पोर्टस अवार्ड हुँदै छ । भक्तपुरको ठिमी नगरपालिकामा आज दिउँसाे हुने यो अवार्डमा २६ खेलका खेलाडीलाइ सम्मान गरिनेछ । सर्वाेत्कृष्ट खेलाडीले बिशेष सम्मान पाउनेछन् । जसकाे प्रायाेजन ग्लाेबल आइएमई बैंकले गरेकाे छ ।

यस्तै बर्षको उत्कृष्ट महिला र पुरुष खेलाडीले एक एक लाख रुपैयाँ पाउनेछन् । यस्तै प्रतिभावान पुरस्कारको अवार्ड पाउने खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् । इमर्जिङ खेलाडीले पनि ५० हजार रूपैयाँ पाउनेछन् ।

बर्षभरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट अन्तिममा विजेता घोषणा गरिनेछ । जसमा काठमाडौंमा भएको दक्षिण एशियाली खेलकुद सागमा गरेको प्रदर्शनलाई पनि मध्यनजर गरिनेछ । सागमा सहभागी २६ खेलका खेलाडीबाट अन्तिममा विजेताको घोषणा गरिनेछ ।  राइजिङ प्लेयर अफ दी इयरको पनि घोषणा हुनेछ ।

एनएनआइपीएले खेलाडी छनोटका लागि दिपक विष्टको संयोजकत्वमा समिति बनाएको छ ।

यस्तै सोहि कार्यक्रममा एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेलकुद पत्रकार वा फोटो पत्रकारलाई खेल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey