सागका दोहोरो स्वर्णविजेता मन्देकाजी प्रहरी सहायक निरीक्षकमा बढुवा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२९
  • |
  • 258 पटक हेरिएको

नेप्लेज । अन्तराष्ट्रिय कराँते खेलाडी मन्देकाजी श्रेष्ठ नेपाल प्रहरीको सहायक निरीक्षक पदमा बढुवा भएका छन् ।

गत वर्ष नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कराँतेको कातातर्फ एकै दिन दुई स्वर्ण जितेर कीर्तिमान बनाएका मन्देलाई यही योगदानका लागि प्रहरीले बढुवा गरेको हो ।

एक दशकभन्दा बढी समयदेखि मन्दे नेपाल प्रहरी क्लबमा आबद्ध छन् । उनले फेसबुकमार्फत आफ्नो खेल जीवनको महत्वपूर्ण उपलब्धीका लागि नेपाल प्रहरीलाई धन्यबाद दिएका छन् ।

तस्वीरसमेत राखेर उनले फेसबुकमा लेखेका छन्, ‘मेरो खेल जीवनलाई यो उचाईमा पु¥याउन म कार्यरत नेपाल प्रहरी संगठनको योगदान सबैभन्दा महत्वपूर्ण । सागमा दुई स्वर्ण देशलाई दिलाएपछि प्रहरी सहायक निरीक्षकमा बढुवाको सम्मानका लागि संगठनप्रति कृतज्ञ छु । यो बढुवाले आगामी दिनमा पदक जित्दै देश र संगठनको नाम थप उँचो बनाउने हौसला मिलेको छ । सम्पूर्ण कराँते प्रशिक्षकज्यूहरुमा धन्यबाद ।’

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey