न्यू डायमण्डकाे आर्मीमाथि राेमाञ्चक जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२७
  • |
  • 302 पटक हेरिएको

टाइगर कप भलिबल प्रतियोगितामा महिला तर्फ न्यू डायमण्ड क्लवले विभागिए टिम त्रिभुवन आर्मीलाई पराजित गरेको छ । न्यू डायमण्डले आर्मीलाई पाँच सेटमा पराजित गर्दै विजयी सुरुवात गर्न सफल भयो ।

पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा भएको खेलमा न्यू डायमण्डले एक सेटले पछि परेको अवस्थामा खेल उल्ट्याएको हो । उसले आर्मीलाई २५–१२, २२–२५, १८–२५, २७–२५ र १५–१३ को सेटमा हरायो ।

पहिलो सेट २५–१२ ले जितेको न्यू डायमण्डले दोस्रो सेट २२–२५ ले गुमाएको थियो । तेस्रो सेटपनि न्यू डायमण्डले १८–२५ हारेको थियो ।

तर त्यसपछि लगातार दुई सेट जित्दै विजयी सुरुवात गर्न सफल भयो । उसले चौथो सेट २७–२५ ले जित्यो भने पाँचौं सेट १५–१३ आफ्नो पक्षमा पार्न सफल भयो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey