खेलकुद अभिमुखीकरण कार्यक्रम सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२२
  • |
  • 1552 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम बिहीबार  भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सम्पन्न भएको छ ।

बागमती प्रदेश स्तरीय कार्यक्रममा खेलाडी, प्रशिक्षक, बागमती प्रदेश अन्तर्गत जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखलगायतको सहभागिता रहेको थियो ।

दोश्रो तथा अन्तिम दिन राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले एक्सपिरियन्स सेरिङ, राजेन्द्र तुलाधरले कन्डीसनिङ एन्ड फिट्नेस, सकुना देवीले मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स, रमन नेपालीले स्पोर्ट्स मोटिभेसन र सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी बारे ज्ञान दिएका  थिए ।

पहिलो दिन राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. सुरेनबहादुर कार्कीले योगा र नेचुरोप्याथी, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन र रिता प्रजापतिले जेन्डर इक्विटी इन स्पोर्ट्स सोसियोलोजी बारे प्रकाश पारेका थिए ।

कार्यक्रमका दौरान पदाधिकारी, खेलाडी, प्रशिक्षक, पूर्व खेलाडी र कर्मचारीलाई कार्यक्रम बारे आफ्नो अनुभवका बारेमा विचार व्यक्त गर्ने अवसर प्रदान गरिएको थियो । सहभागीलाई राखेप सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey