टाेकियाे ओलम्पिकका बिषयमा निधाे हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-१४
  • |
  • 349 पटक हेरिएको

अन्तराष्ट्रिय ओलम्पिक कमिटीको आज बस्ने कार्यसमिती बैठकको मुख्य एजेन्डाका रुपमा टोकियो ओलम्पिक विषयमा छलफल हुने भएको छ ।

बैठकमा यसअघि समयमानै ओलम्पिक गर्नुपर्छ भनेर समर्थन गरेका कार्यसमिती सदस्यले कोरोना भाइरस संक्रमण बढीरहेकाले विपक्षमा मत राख्ने संभावना उच्च रहेको रोयटर्सले बताएको छ ।

ओलम्पिक सुरु हुन ६ महिना बांकी छ । सदस्यहरुले एथ्लिट, पदाधिकारी , दर्शक र अरु अन्त्राष्ट्रिय आगन्तुकहरुको सुरक्षाको विषय जोडिएका प्रश्नहरुको सामना गर्नेछन । गत वर्षपनि ओलम्पिक कमिटी अहिले जस्तो स्थितीमा थियो । गत मार्चमा आयोजक जापान र ओलम्पिक कमिटीले कोभिड १९ का कारण प्रतियोगिता एकवर्ष पछि सार्ने निर्णय गरेका थिए ।

जापानका प्रधानमन्त्री योसिहिदे सुगाले भने सरकार ओलम्पिक तोकिएकै मिती आगामी जुलाइमा ओलम्पिक गर्न प्रतिबद्ध रहेको बताउदै आएका छन । उनले एक बेलायती पत्रिकाले लेखेको , टोकियोले ओलम्पिक आयोनाको आश मार्यो भन्ने समाचारको समेत प्रधानमन्त्री सुगाले खन्डन गरे ।

जापानी नागिरिकले पनि ओलम्पिक आयोजनाको विपक्षमा मत दिइरहेका छन । अहिले अधिकांश देशहरु न्या प्रकारको भाइरस देखिएपछि लकडाउनमा छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey