ढाका म्याराथन जितेकी पुष्पा भन्छिन् ‘ओलम्पिक खेल्ने सपना छ’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-१०
  • |
  • 447 पटक हेरिएको

पुष्पा भण्डारी औषत नेपाली महिलाको उचाईकी छिन् अर्थात् ४ फिट ११ इन्च । २५ वर्षीया यी धाविकाले नेपाली एथ्लेटिक्स खेलमा गरेको योगदान भने निकै उँचो छ ।

१३ औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेर महिला म्याराथनमा इतिहास कायम गरेकी पुष्पाले हालै बंगलादेशका सर्वोच्च नेता शेख मुजीव उर रहमानको जन्म शतवार्षिकीको अवसरमा आयोजित ढाका म्याराथनमा दक्षिण एसियाली च्याम्पियन बन्दै अर्को इतिहास कोरिन् । अर्थात उनी महिला म्याराथनमा अन्तर्राष्ट्रिय च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी हुन् ।

यी सफलताका लागि उनको तपस्या पनि चानेचुने छैन । कर्णाली प्रदेशको सल्यान जिल्लाबाट प्रतिनिधित्व गरेकी उनले दशकयता संघर्ष गरिरहेकी छन् । राष्ट्रिय प्रतियोगितामा उनको खेलजीवनको सुरुआत २०६८ सालमा छैटौं राष्ट्रिय खेलकुदबाट सुरु भएको हो । १५ वर्षको उमेरमै म्याराथन दौड पूरा मात्र होइन रजत पदक जितेर उनले आफ्नो भविश्यको खाका कोरिसकेकी थिइन् ।

शारदा नगरपालिका १४ माल्नेटाबाट उदाएकी यी चेलीसँग हामीले उनको एथ्लेटिक्स खेलको प्रवेश, बिभागीय अनुबन्ध, अन्तर्राष्ट्रिय सफलता र भविश्यका लक्ष्यका बारेमा कुराकानी गर्न लागेका छौं ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey