टिम रावत र साइपाल फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-०२
  • |
  • 211 पटक हेरिएको

टिम रावत र साइपाल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
घट्टेकुलोस्थित आयोजक सूर्योदयको कोर्टमा भएको सेमिफाइनलमा टिम रावतले भीएस कलेजलाई २१–१६ ले पराजित गर्यो ।

टिम रावतको जितमा सम्राट भूमिले १० अंक योगदान गरे । अर्को सेमिफाइनलमा साइपालले क्याम्पियनलाई १२–११ को झीनो अन्तरले हरायो ।
गल्र्समा सूर्योदय ‘बी’ फाइनलमा पुग्यो । सूर्योदय ‘बी’ ले साइपाल ‘बी’ लाई ८–६ ले पाखा लगायो । विजयी टिमका लागि विपना गिरीले ५ स्कोर गरिन् । उपाधिका लागि सूर्योदय ‘बी’ ले सूर्योदय ‘ए’ र भीएस कलेजबीचको विजेतासंग खेल्ने छ ।

प्रतियोगिता शनिबार सम्पन्न हुने छ । प्रतियोगिताको ब्वाइजमा ३२ र गल्र्समा १६ गरी जम्मा ४८ टिम सहभागी छन् । ब्वाइजमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने   छन् ।

गल्र्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार जित्ने छन् । ब्वाइज÷गल्र्स दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही २ हजार नगदबाट पुरस्कृत गरिने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey