नेपाली क्रिकेटमा सिस्टम कहिले बन्छ, त्याे प्रतिक्षाकाे बिषय हाे-पारस खड्का (भिडियाे अन्तर्वार्ता)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२६
  • |
  • 572 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले नेपाली क्रिकेटले अहिले जतिपनि सफलता हात पारेको छ, त्यो मैदान भित्रको प्रदर्शनका कारण रहेको फेरी पनि दोहोर्याएका छन् । टिमले राम्रो गरेर नै अहिलेसम्मको अवस्थामा पुगेको केहि बर्ष अगाडी देखि भन्दै आएको कुरा अझैपनि हुन बाँकी रहेको र भविष्यमा सायद होला भन्ने आशामा रहेको बताए ।

खेलाडीले मैदानभित्र गर्नुपर्ने काम अझैपनि गरिरहेको र खेलाडीलाई जुन तरिकाले अरु पक्षबाट सहयोग हुनुपर्ने हो, त्यो अझैपनि कम नै भएको बताए । अहिले नेपाल क्रिकेट संघ क्यान आएको छ, उसले अब ठोस योजना बनाएर कसरी सिस्टम बनाउने भन्नेमा ध्यान दिनेमा विश्वस्त रहेको बताए ।

यसका साथै खेलाडीका लागि अझैपनि पुर्ण रुपमा ब्यवसायीक हुन कठिन भएको बताए । यो विचमा फ्रेन्चाइजी लिगहरु आए, विदेशी लिगमा पनि नेपाली खेलाडी छनोट हुन थालेका छन, तर पनि खेलाडी खेल्दासम्म मात्र उनीहरु फोकसमा हुन्छन्, जुन दिनदेखि टिमबाट बाहिर हुन्छ, त्यसपछि उनीहरुलाई धेरै कुरा सोच्नुपर्ने बाध्यता हुन्छ । त्यसैले खेल्दामात्र होइन, खेलाडीले खेलाडी जीवन पछि पनि ढुक्क हुने अवस्था बनाउन निकै आवश्यकता रहेको बताएका छन् ।

युवा खेलाडी पछिल्लो पटक नेपाली टिममा राम्रो प्रतिस्पर्धा भइरहेको भएपनि एकदिवसिय मान्यता पाएको टिमले पाउने एक्पोजर र सुविधा भने पाउन नसकेको बताए ।

हेरौं नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँग मुक्तिबाबु रेग्मीले गरेको कुराकानी

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey