नयाँ प्रकारकाे काेराेना भाइरसकाे त्रास टाेकियाे ओलम्पिकमा पर्न सुरू

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१७
  • |
  • 201 पटक हेरिएको

यो बर्षको जुलाई अन्तिममा हुने टोकियो ओलम्पिकमा फेरी अर्को त्रास फैलिएको छ । पछिल्लो पटक टोकियोमा कोरोना संक्रमणको दर बढेपछि त्यसको त्रास ओलम्पिक आयोजकमाथि पर्न सुरु भएको छ । कोरोना कै कारण एक बर्ष पछाडी धकेलिएको ओलम्पिक फेरी कोरोनाको नयाँ प्रकारको भाइरसका कारण हुन्छ की हुदैन भन्ने प्रश्नहरु उब्जिन थालेका छन ।

बेलायतबाट सुरु भएको कोरोनाको नयाँ प्रकारको भाइरस टोकियोमा पनि तिब्ररुपमा फैलिन थालेको छ । पछिल्लो पटक टोकियोमा दैनिक एक हजार भन्दा बढिमा कोरोना देखिन थालेको छ । विहिबारमात्र जापानमा कुल चार हजार पाँच सय १५ जनामा पोजेटिभ देखिदा एक हजार तीन सय ३७ टोकियोमा मात्र थिए ।

जापान र टोकियो सरकारले यदि संक्रमणको दर कायम रहेमा आपतकालिन घोषणा गर्नुपर्ने चेतावनी दिइसकेका छन । टोकियो ओलम्पिक सुरु हुन दुई सय तीन दिन बाँकी रहेका बेला फेरी कोरोनाको त्रास सुरु भएको हो ।

जापानले अहिले नै विदेशी पर्यटकलाई जापान प्रवेशमा रोक लगाइसकेको छ । जापान सरकारले जनवरी ३१ सम्म विदेशी नागरिकलाई प्रदेशमा रोक लगाएको हो ।

यता ओलम्पिक आयोजकले पनि प्रतियोगिता तोकेकै मितीमा हुने दावी गर्दै आएका छन । तर यसअघि क्वारेन्टिन बस्नुपर्ने नियमलाई अनिवार्य नगर्ने बताएपनि फेरी विदेशी खेलाडी प्रशिक्षकलाई १४ दिनको अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाउने भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey