कलंकीमा मुवाथाई क्लब

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०९
  • |
  • 180 पटक हेरिएको

कलंकीमा फ्रेन्डसिप वेल्फेयर मुवाथाई क्लब सञ्चालनमा आएको छ ।

कलंकीस्थित जनपद माविमा खोलिएको क्लबको नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

क्लबमा हाल २० खेलाडी रहेको क्लबका अध्यक्ष सैलेश प्रजाले जनाएका छन् । खेलाडीलाई २०१७ का विश्व च्याम्पियन समेत रहेका राहुल ठोकर लामाले प्रशिक्षण दिइरहेका छन् ।

कलंकीमै क्लबको कार्यालय पनि स्थापना गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय मुवाथाई संघका सदस्य साजन मालीलगायतको उपस्थिति थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey