लेविस ह्यामिल्टनले जिते बीबीसी स्पोर्टस पर्सनालिटी अवार्ड

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०६
  • |
  • 705 पटक हेरिएको

बीबीसी स्पोर्टस पर्सनालिटी अफ द इयर–२०२० काे अवार्ड फर्मुला वानका विश्व च्याम्पियन लेविस ह्यामिल्टनले जितेका छन् ।

फर्मुला वान इतिहासकै सर्वश्रेष्ठ ड्राइभरमध्येका एक ह्यामिल्टनले यो वर्ष लगातार चौथो सिजन विश्व च्याम्पियन बन्दै अर्का महान ड्राइभर माइकल सुमाचरको ७ विश्व च्याम्पियनको कीर्तिमान बराबर गरेका हुन् ।

सर्वसाधारणको मतका आधारमा छानिने यो अवार्डमा लिभरपुलका कप्तान जोर्डन हेन्डरसन दोस्रा भए । घोडचढी खेलाडी होली डोली तेस्री भइन् भने अवार्डका लागि बक्सर टाइसन फुरी, क्रिकेटर स्टुवार्ट ब्रोड, स्नुकरमा महान खेलाडी रोनी सुलीभान पनि सर्टलिस्टमा परेका थिए ।
‘मैले यति ठूलो सम्मान पाउँछु भनेर सोचेको पनि थिइनँ ।

यो हामी सबैका लागि असाधारण वर्ष रह्यो । विश्वभर कोरोना महामारीबिरुद्ध अग्रभागमा रहेर काम गर्नुहुने सबैलाई सम्झन चाहन्छु । यो कठिन समयमा सबैले सकारात्मक सोच लिनुहोला,’ अवार्ड पाएपछि ह्यामिल्टनले भनेका छन् ।

सन् २०१४ मा पनि ह्यामिल्टनले यो अवार्ड जितेका थिए । अघिल्लो वर्ष उनी उपविजेता बनेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey