कतार र साउदीका ओलम्पिक प्रमुखले नेपाल भ्रमण गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०१
  • |
  • 343 पटक हेरिएको

नेपाली खेलकुदको विकाशमा सहयोग गर्नका लागि कतार ओलम्पिक कमिटी र साउदी अरेविया ओलम्पिक कमिटी सकारात्मक रहेको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताएका छन ।

ओलम्पिक काउन्सिल अफ एशियाको कंग्रेशका लागि हाल मस्कटमा रहेका श्रेष्ठले नेप्लेजसँग कुरा गर्दै यो कंग्रेशबाट दुबै देशका ओलम्पिक कमिटीका अध्यक्षले नेपाल आउने चाहना राखेको र चाँडै नेपाल भ्रमणमा आउने बताए ।

यसका साथै उनले दुबै देशसँग निकै सकारात्मक कुरा भएको र केहि प्रोजेक्टहरुका विषयमा पनि छलफल भएको बताए । तर काम सुरु नहुँदासम्म यो नै भन्न नमिल्ने बताए ।

तर राम्रो कामका लागि दुबै देशले सहयोग गर्ने श्रेष्ठले बताए । अहिले के प्रोजेक्ट गर्ने भन्नेमा टुंगो लाग्न बाँकी रहेको तर राम्रो कामहरुको थालनी हुनेमा विश्वस् रहेको बताए ।

२०३० को एशियन गेम्सको आयोजनाका लागि कतार र साउदी अरेवियाले दावेदारीता दिएकोमा कतारले २०३० र साउदीले २०३४ को जिम्मा पाएका छन । निकट भविष्यमा दुबै देशका अध्यक्षहरुले नेपाल आएर छलफल पनि गर्ने भएका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey