अभिषेकलाई जिल्ला स्तरिय पुरुष एकल उपाधी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-२३
  • |
  • 652 पटक हेरिएको

त्रिपुरासुन्दरीका अभिषेक गुरुङ्ग तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको जिल्ला स्तरिय पुरुष एकलको उपाधी जित्न सफल भएका छन् ।

तोप –२१को आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाईनलमा अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २१–१९, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन् । अभिषेकले जितका साथै ट्रफी, मेडल, प्रमाण पत्र र नगद ३० हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेता सुरेन्द्रले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

आजै सम्पन्न सेमिफाईनलमा अभिषेकले बलेफीका अजय तामाङ्ग माथि रिटायर्ड हर्टको आदारमा जित निकाल्दै फाईनल यात्रा तय गरेका थिए । पहिलो सेट २१–१७ ले पछाडी परेका अजय दोश्रो सेटमा ११–७ को अवस्थामा रहँदा घाईते हुन पुगे पछि खेल छोडेका थिए ।

यस्तै अर्को सेमिफाईनलमा चौताराका सुरेन्द्र श्रेष्ठले चौताराकै रमेश श्रेष्ठ माथि २१–१६, ११–२१, २१–१४ को जित निकाल्दै फाईनल यात्रा तय गरेका थिए । तेश्रो स्थान प्राप्त गरेका चौताराका रमेश श्रेष्ठ र बलेफीका अजय तामाङ्गले जनही नगद ५ हजार प्राप्त गर्नेछन् ।

यस्तै पुरुष युगल तर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडी तथा त्रिपुरासुन्दरीका अभिषेक गुरुङ्ग र युवराज अधिकारीको जोडी फाईनल प्रवेश गरेका छन् ।

प्रकाश र रमेशको जोडीले बलेफीका अजय तामाङ्ग र राजकुमार तामाङ्गको जोडीलाई २०–२२, २१–१०, २१–७ ले तथा अभिषेक र युवराजको जोडीले चौतारका सुन्दर श्रेष्ठ र कैलाश घलेको जोडीलाई २०–२२, २१–११, २१–११ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey