भलिबल संघका उपाध्यक्ष सुवेदीले गरे खेल सामाग्री हस्तान्तरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-०६
  • |
  • 202 पटक हेरिएको

काठमाडौं । नेपाल भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदीले भलिबल सामाग्री हस्तान्तरण गरेका छन् । गोकर्णमा रहेको फाइभ स्टार क्बल भैरवचौरलाई उपाध्यक्ष सुवेदीले भलिबल सामाग्री हस्तान्तरण गरेका हुन् ।

उनले क्लबका अध्यक्ष किरण केसी मार्फत भलिबल, नेट लगायतका सामाग्री हस्तान्तरण गरे । उपाध्यक्ष सुवेदीले गोकर्णले पहिला उत्कृष्ट भलिबल खेलाडी उत्पादनमा योगदान गरेको स्मरण गर्दै आगामी दिनमा पनि यहाँबाट प्रतिभावान खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।

सामाजिक सेवामा सक्रिय रहेका सुवेदीले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए । फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीले खेल सामाग्रीले थप हौसला प्राप्त भएको बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey