अस्तित्व नै जाेगाउन मुस्किल बन्दै जिम्नास्टिक खेललाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-०६
  • |
  • 428 पटक हेरिएको

ओलम्पिक खेलका रुपमा रहेको जिम्न्यास्टिक नेपालमा विधिवत् रुपमा सुरु भएको ५० वर्ष भइसकेको छ । तर यस अवधिमा नेपालले कुनै ठूलो उपलब्धि हात पार्न सकेको छैन । खेल गतिविधि नै नहुँदा नेपालबाट यो खेलै हराउन लागेको त होइन भन्ने प्रश्न उब्जिएको छ ।

विक्रम संवत् २०२७ सालबाट औपचारिक रुपमा सुरु भएको जिम्न्यास्टिकमा धेरै खेलाडी लागे, तर ती खेलाडीले कहिल्यै पनि यसमा करिअर नदेखेर अन्यत्र लागेका धेरै उदाहरण रहेका छन । पाँच दशक लामो इतिहास भएपछि जिम्न्यास्टिकले अलिहेसम्म हात पारेको सबैभन्दा ठूलो उपलब्धि दक्षिण एसियाली खेलकुद सागमा दुइवटा काश्य जित्नु रहेको छ । त्यो पनि २८ वर्षअघिको सागमा ।

अहिलेसम्म चारजना जिम्नास्टिक खेलाडीले ओलम्पिकमा सहभागिता जनाएका छन् । त्यसमा पछिल्लो दुई दशकबाट कुनै पनि खेलाडीले ओलम्पिकमा सहभगिता जनाउन सकेका छैनन् । यस्तै अन्तिमपटक जिम्न्यास्टिक खेलाडीले एसियाडमा सहभागिता जनाएको ग्वान्झाउ एसियाडमा थियो । नेपालमा लामो इतिहास बोकेको खेल नै नेपालमा आयोजित पछिल्लो सागमा राखिएन । यसले पनि एक आसलाग्दो खेल ठीक उल्टो दिशामा गएको देखाउँछ ।

नियमित प्रतियोगिता नहुने, एक दशकसम्म दुईवटा संघ अस्तित्वमा रहने लगायत कारणले पनि यो खेल बेवारिसेजस्तै भएको छ । हाल जिम्नास्टिक सङ्घका अध्यक्षकाे धुर्बबहादुर प्रधानकाे भनाइ मान्ने हाे भने सङ्घमा धेरै समय जुङ्गाकाे लडाइमा नै बित्याे । दुई सङ्घ समानान्तर तरिकाकाे हुँदा त्यसकाे मारमा खेलाडी परे । जसका कारण भएका खेलाडी पनि अरु खेलमा जान बाध्य भए । जिम्नास्टिक खेलका खेलाडीलाई अरु खेलमा प्रवेश गर्नपनि सजिलाे हुने र याे खेलमा भन्दा अरु खेलमा बढि प्रतिस्पर्धा गर्न पाइने भएकाले पनि पछिल्लाे पटक जिम्नास्टिक खेलका खेलाडीकाे सख्या निकै कम छ ।

करिब नौ महिनाअघि दुइटा संघ मिल्ने सहमति भए पनि त्यसयता कुनै प्रगति भएको छैन । नियमित प्रतियोगिता खेल्न नपाएपछि खेलाडी नै पलायन हुन थालेका छन् । अहिले त यस खेलको प्रशिक्षणस्थल नै छैन । पहिले भएको प्रशिक्षण स्थल हटाइएको छ भने खेल सामग्री मक्किएर थन्किएका छन् ।

जिम्न्यास्टिकलाई मदर अफ स्पोर्टस् पनि भनिन्छ । यसका खेलाडी जुनसुकै खेलमा लाग्न सक्छन् । आफ्नो राम्रो खेलाडीको संरक्षण गरेर नयाँ उत्पादनमा संघ चुकेकाले जिम्न्यास्टिक पनि नेपालमा खेलिन्थ्यो र भन्ने अवस्थामा पुगेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey