मनाङलाई स्तब्ध बनाउँदै पुलिस आहा राराको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 149 पटक हेरिएको

उपाधिको दावेदार मानिएको मनाङ मर्स्या‌ङ्दी क्लवलाई हराउँदै विभागिए टिम नेपाल पुलिस क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा पुलिसले मनाङलाई ३–१ गोल अन्तरले हरायो ।

वर्क परमिटका कारण विदेशी खेलाडी विना नै मैदानमा उत्रिएको मनाङले पहिलो हाफ गोलरहित बराबरी खेलपनि दोस्रो हाफमा भने पुर्ण रुपमा दबावमा आयो ।

युवा खेलाडीको बाहुल्यता रहेको पुलिसले ५३ औ मिनेटमा नुरबहादुर राईको गोल मार्फत खेलमा अग्रता बनायो । त्यसको तीन मिनेटपछि पुन पुलिसका लागि दिनेश राजवंशीले गोल गर्दै पुलिसलाई दुई शुन्यको अवस्थामा लगे ।

७१ औ मिनेटमा सुमन लामाले पुलिसका लागि तेस्रो गोल गरे । ८० औ मिनेटमा मनाङका लागि विशाल राईले एक गोल फर्काएपनि हार टार्न प्रयाप्त बनेन ।

राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको पुलिसले सेमिफाइनलमा धरान फुटबल क्लवसँग खेल्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey