क्यान निलम्बन फुकुवा गर्न ५ सदस्यीय अनुगमन समिती

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 209 पटक हेरिएको

अन्तराष्ट्रिय क्रिकेट परिषदले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गर्ने सम्बन्धमा पांच सदस्यीय अनुगमन समिती बनाउने भएको छ ।

आइसीसी प्रतिनिधीले हिजो र आज निर्वाचित क् यानका पदाधिकारी र सल्लाहाकार समित संगको छलफल पछि अनुगमन समिती बनाउने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिस्टका अनुसार अनुगमन समितीमा एक जना निर्वाचित समितीका सदस्य, एकजना परिषदका र तीन जना सल्लाकार समितीका सदस्य रहनेछन ।

आइसीसीका प्रतिनिधीले आज परिषद संग छुट्टै भेट गरेको थियो । सात दिन भित्र अनुगमन सतिमी बन्ने र यो समितीले जिल्ला क्रिकेट संघको निर्वाचनको परिणमको अध्ययन गर्नेछ । यदि विधान विपरित र प्रकृया पुरा नगरी निर्वाचन गरिएको देखिएमा त्यस्ता जिल्ला हरुमा पुन निर्वाचन गर्ने पनि सदस्य सचिव बिस्टले जानकारी दिए ।

यो समितीले तयार पारेको अध्ययन प्रतिवेन आइसीसीलाइ पठाएपछि फुकुवाको प्रकृया अघि बढ्नेछ । यता निर्वाचित समितीका महासचिव अशोकनाथ प्याकुरेलले पनि विधान सम्बत जिल्ला निर्वाचन भए नभएको बारे पुन अनुगमन गर्ने सहमति भएको उल्लेद गरे ।

बैधानिक रुपमा अघि बढ्नका लागि विशेष साधारण सभा बोलाउने तयारी भएको निर्वाचित समितीका महासचिव अशोकनाथ प्याकुरेलले बताएक छन । तर उनले विशेष साधारणसभा कहिले बोलाउने भन्ने समय भने निश्चित नभएको प्याकुरेको भनाइ छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey