दर्शकको साथले यसरी दियो आयोजकलाई नयाँ उत्साह

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०१-०१
  • |
  • 182 पटक हेरिएको

नेप्लेज, १ बैशाख । धनगढी प्रिमियर लिगको दोस्रो संस्करण भब्यताका साथ सम्पन्न भएको छ । पुर्वाधारका हिसावले निकै चुनौती भएपछि त्यसलाई छिचोल्दै १५ दिन सम्म धनगढीका चोक र गल्लीहरुमा केवल डिपिएलकै चर्चा भयो ।

हरेक ठाउमा खेलाडी प्रदर्शन, खेलहरुको समिक्षा, विदेशी खेलाडीको उपस्थिती वहसको विषय बनिरहे ।

काठमान्डौ भन्दा बाहिर यति ठुलो प्रतियोगिता गर्नु त्यती सहज छैन । तर त्यसका वावजुत आयोजकले दोस्रो संस्क्रणको डिपिएललाइ उत्कृष्ट बनाउन हर संभव प्रयास गर्यो ।

विशुद्ध रुपमा क्रिकेटको विकासका लागि आयोजना भइरहेको डिपिएलले यस पटक पनि नाफा घाटाको जोड घटाउ गरेन् ।

प्रत्येक वर्ष यसको स्तर बढाउदै लाने योजना सहित अघि बढीरहेको आयोजक धनगढी क्रिकेट एकेडेमीलाइ दर्शकको साथले उत्साहित बनायो ।

प्रतियोगिताका आयोजक सुवास शाही भन्छन- लिग चरणदेखि नै दर्शकको उल्लेख्य उपस्थितीले हामीलाई पनि धरै हौसला बढेको छ । आगामी प्रतियोगितामा अझ झन भब्यताका साथ गर्नै सामर्थे बढेको छ ।

प्रविधिको प्रयोग

प्रविधीको प्रयोगले डिपिएललाइ थप स्तरिय बनायो । ग्राउन्ड स्क्रिन, थर्ड अम्पायर लगायतले खेललाइ विवाद रहित बनायो भने दर्शक पनि आकर्षित बने । केही गुनासा बांकी रहेपनि गत वर्ष भन्दा पिचमा पनि धेरै सुधार देखियो ।

रोमाञ्चक खेलहरु भए अनि रन प्रशस्त बन्यो । विदेशी खेलाडीको उपस्थितीले डिपिएलको भ्यालु थप बढायो । विदेशी खेलाडीको चार्म पनि गज्जबकै देखियो ।

रुपन्देही च्यालेन्जर्स बाट खेलेका प्रदिप ऐरीले शानदार प्रदर्शन गर्दै फर्ममा फर्किएको प्रमाणित गरे भने विनोद भन्डारी, ज्ञानेन्द्र मल्लका लागि पनि ब्यक्तिगत प्रदर्शनका हिसावले सुखद रह्यो । युवा खेलाडी रसिद खान, रोविन जोशी आश लाग्दा खेलाडीका रुपमा उदाए ।

मिडीया कभरेज

मिडिया कभरेजको हिसावले पनि डिपिएलले अत्याधिक सफल रह्यो । अछाम, डडेलधुरा लगायत छिमेकी जिल्ला र भारत बाट समेत दर्शक आउनुले यसको क्रेज धनगढीमा मात्र सिमित छैन भन्ने पुष्टि गरेको छ ।

यसै प्रतियोगिताका लागि काठमाडौबाट नै दुई दर्जन पत्रकार धनगढी पुगे । डिपिएलका हरेक पललाई समचारका माध्यममा ढाले खेल पत्रकारले । धनगढी जस्तो ठाँउमा यति ठुलो प्रतियोगिता भब्य रुपमा आयोजना हुनु आफैमा पनि सानका रुपमा पत्रकारले पनि लिए ।

स्वयमसेवकको उदारीता

मोफसलबाट प्रतिष्ठत प्रतियोगिताको रुपमा अघि बढीरहेको डिपिएलले सुदुरपश्चिममा क्रिकेटको चेतना ल्याउन महत्वपुर्ण भुमिका खेलेको छ ।

युवा भोलेन्टियर्स त्यसमा पनि धेरैजसो महिला । यसले कुनै समय छोरीलाई घर बाट बाहिर जान नदिने समाज विस्तारै उदार बन्दै छ भन्ने प्रमाणित गरेको छ । सुदुरपश्चिमलाइ हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याएको डिपिएले यहाको पर्यटन ब्यबसायलाइ पनि टेवा पुर्यायो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey