एपीएफका देवकोटा जोडीलाई उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२२
  • |
  • 165 पटक हेरिएको

चैत २२, काठमाडाैं । नेपाल एपीएफ क्लबका नीरविक्रम देवकोटा र निराजन देवकोटाको जोडीले राष्ट्रिय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् ।

भगवती युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नीर र निराजनको जोडीले पीबीसीका प्रवीण लिङखेत र दीपेश शाक्यको जोडीलाई १९–२१, २१–१३ र २१–१३ को सेटमा पराजित गरे । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाए ।

एपीएफका सुनील जोशी र इन्द्र महता तथा रिमिक्सका सिर्जन ताम्राकार र सुरज महर्जनको जोडी संयुक्त रुपमा तेश्रो भए । तेश्रो भएका जोडीले समान ५–५ हजार नगद पुरस्कार प्राप्त गरे । तीनदिने प्रतियोगितामा ४५ जोडीले प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey