नेपालकी रजनीले बनाइन एशियन बडिबिल्डिङमा नयाँ इतिहास

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-१३
  • |
  • 324 पटक हेरिएको

इन्डोनेसियाको बताममा जारी एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी रजनी श्रेष्ठले  नयाँ इतिहास बनाएकी छिन । एउटै च्याम्पियनसिपमा दुई फरक विधामा पदक जित्ने उनी पहिलाे नेपाली खेलाडी बनेकी छिन ।

नेपाल बडिबिल्डिङ तथा फिटनेस एसोसिएसन अध्यक्ष राजेशबाबु श्रेष्ठले बताएअनुसार रनजीले ५५ केजी तौल समूहमा रजत पदक र ३० वर्ष भन्दा माथिको समूहमा काँस्य पदक जितिन ।

नेपालमा भएको १२औं साउथ एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा रजनीले महिला एथ्लेटिक्स फिजिकमा काँस्य पदक जितेकी थिइन्। यसअघि नेपालकी ननिता महर्जनले वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा रजत र काँस्य जितेकी थिइन्।

ननिताले सन् २०१६ मा थाइल्याण्डको पटायामा भएको वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा काँस्य पदक हात पारेकी थिइन । यस्तै सन् २०१७ मा मंगोलियामा भएको नवौं वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा रजत पदक चुमेकी थिइन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey