फेडेरर २०औ‌ं ग्राण्डस्लामको उपाधि नजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१२
  • |
  • 169 पटक हेरिएको

माघ १२ मेलबर्न । स्वीस खेलाडी रोजर फेडेरर बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन् ।

मेलबर्नमा भएको खेलमा छैटौ पटक अष्ट्रेलियन ओपनको उपाधि जित्ने लक्ष्यमा रहेका फेडेररले पहिलो पटक ग्राण्डस्लामको सेमिफाइनलमा पुगेका दक्षिण कोरीयन खेलाडी हेइन चुङलाई पराजित गर्दै फाइनलमा पुगे । २१ बर्षे चुङ खेलको दोस्रो सेटमा चोटग्रस्त भएपछि खेल परित्याग गरे ।

जसका कारण फेडेररलाई फाइनलमा पुग्न सहज भयो । पहिलो सेट स्विस खेलाडीले ६–१ ले जितेका थिए । दोस्रो सेटमा पनि ५–२ को अग्रता बनाएका बेला चुङको बायाँ खुट्टामा चोट लागेको थियो । त्यसपछि डाक्टरको सल्लाहमा उनले नखेल्ने निर्णय गरेका थिए ।

३६ बर्षे फेडेररले क्रोयसियन मरिन सिलिससँग उपाधिका लागि आइतबार खेल्नेछन् । करियरको २०औं ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेका विश्व नम्वर दुई फेडेररले फाइनलमा पुग्न एक घण्टा दुई मिनेट कोर्टमा विताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey