दक्षिण एशियाली क्रस कन्ट्री च्याम्पियनसिप खेल्ने एथ्लेटिक्स खेलाडीको बिदाइ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१०
  • |
  • 167 पटक हेरिएको

चैत १०, काठमाडौं । भुटानको थिम्पुमा आगामी मंगलबारदेखि सुरु हुने दक्षिण एशियाली क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली एथ्लेटिक्स खेलाडीको शनिबार बिदाइ गरिएको छ ।

शनिबार ओलम्पिक कमिटीको कार्यालय सातदोवाटोमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसमेत रहेका ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पा, ओलम्पियन जितबहादुर केसी, नेपाल एथ्लेटिक्स एशोसियसनका सचिव आरके विष्ट लगायतले खेलाडीको बिदाइ गरेका हुन् ।

प्रतियोगिताका लागि नेपालबाट ४ पुरुष र ४ महिला खेलाडीले सहभागिता जनाउनेछन् । मूख्य गरी रिले दौड समावेश गरिने यस स्पर्धा ओलम्पिकमा समावेश नगरिए पनि पर्यटन खेलकुदको रुपमा लोकप्रिय बन्दै गएको एथ्लेटिक्स एशोसियसनका सचिव विष्टले जानकारी दिए ।

भुटान जाने खेलाडीहरुमा पुरुषतर्फ गजेन्द्र राई, कल्याण बानिया, टिकाराम कटुवाल र रामजी बस्नेत छन् । राष्ट्रिय टोलीको क्याम्पमा प्रशिक्षण गराइरहेका मध्यम दूरीका यी चारै धावकहरु त्रिभुवन आर्मी क्लवका हुन् ।

त्यस्तै महिलातर्फ विश्वरुपा बुढा, रेसु बस्नेत, सानुमाया कार्की र बृन्दा धनके श्रेष्ठ छन् । बृन्दा एपीएफकी हुने भने बाँकी तीनै धाविकाहरु त्रिभुवन आर्मी क्लवका हुन् ।

त्यस्तै एथ्लेटिक्सका मुख्य प्रशिक्षक अमिर यादव र वरिष्ठ प्रशिक्षक चन्द्रबहादुर गुरुङ पनि अफिसियलका रुपमा थिम्पु जानेछन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey