डिभिजन-२ का लागि कस्ताे छ नेपालकाे तयारी ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१२
  • |
  • 203 पटक हेरिएको

माघ १२, काठमाडाै‌ं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ का लागि नेपाली टिमले घरेलु प्रशिक्षण पूरा गरेको छ । अब बैदेशिक प्रशिक्षणका लागि नेपाली टिम भोलि युएई प्रस्थान गर्दैछ ।

२०१९ आईसीसी एकदिवशीय बिश्वकप छनाेटको आधारका रुपमा रहेको डिभिजन-२ मा नेपालको प्रदर्शन कस्तो होला त्यो सबैको कौतुहलको विषय रहेको छ । टिमका कप्तान पारस खड्काको भनाई मान्ने हो भने नेपालको शीर्ष दुर्इमा रहने सम्भावना निकै बलियो रहेको भएपनि राम्रो क्रिकेट खेल्नु पर्ने हुन्छ ।

यूएर्इमा नेपालले तीन वटा अभ्यास खेल खेल्नेछ । जसमा एक युएर्इ- ११ टिमसँग खेल्नेछ भने बाँकी स्थानीय क्लवसँग खेल्नेछ ।

डिभिजन २ नै दबावमुलक

फेब्रुअरी ६ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा नेपालसँगै क्यानडा, ओमान, नामिविया, केन्या र युएई रहेका छन् । जसमा नेपालले शीर्ष दुर्इमा स्थान बनाउनु पर्नेछ । जुन आफैंमा ठूलो चुनौती हाे । किनकी पछिल्लो पटक डिभिजन थ्री बाट माथि उक्लिएको ओमान र क्यानडा राम्रो लयमा छन । त्यसमा पनि नेपालले केन्या र युएईविरुद्ध जित निकाल्नु अर्काे चुनौती हो ।

तर, कप्तान पारस भन्छन्, ‘विश्वकप छनोट खेल्न चार खेल जित्नु हो त्यो कठिन नहोला, तर त्यसका लागि राम्रो क्रिकेट खेल्न आवश्यक छ ।’ उनको यही भनाइलार्इ मानेर शीर्ष दुर्इमा पुगे नेपालले विश्वकप छनोट हुन भने चमत्कार नै गर्नुपर्नेछ ।

विश्वकप छनाेटमा सहभागी टिमहरु आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, पपुवा न्युगिनी, हङकङ र  डिभिजन-२ मा उत्कृष्ट हुने २ टिम छन् ।

कारण विश्वकप छनोटमा नेपाल भन्दा निकै राम्रो स्तर भएका देशले विश्वकपका लागि खेल्नेछन् । जसमा वेष्ट इन्डिज, आयरल्याण्ड, जिम्वावे, अफगानिस्तान, नेदरल्याण्ड र स्कटल्याण्ड जस्ता टिम छन् ।

समुह ‘ए’ वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र डिभिजन-२ बिजेता

समुह ‘बि’ अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हंगकंग र डिभिजन-२ उपविजेता

यस्ताे छ नेपालको तयारी

डिभिजन-२ का लागि यतिबेला कडा मेहेनतमा रहेको नेपाली टिम थप अभ्यासका लागि युएई जाँदैछ । जसमा नेपालले करीव १० दिन प्रशिक्षण गर्नेछ । तर, यसपटक नेपाली टिमले नयाँ ब्याटिङ प्रशिक्षक पाएकाे छ ।

मोन्टी देशाइ छोटो समयका लागि नेपाल नआउने भएपछि नेपालको क्रिकेट खेलाडीलार्इ  बुझ्न नपाएका प्रशिक्षक सुलक्षण कुलकर्नी नेपाल अाएका छन् ।

यसअघि पनि न्युजिल्याण्डमा भएको विश्वकप छनोटमा छोटो समयका लागि ब्याटिङ प्रशिक्षक नियुक्त गर्दा नेपालको प्रदर्शन निकै खराव भएको थियो । कतै यो पटक पनि त्यहि त दोहोरिदैन भन्ने प्रश्न छ ।

डिभिजन-२ को शीर्ष दुर्इमा नपुगे के हुन्छ ?

नामिवियामा हुने डिभिजन-२ मा नेपाल अटेन भने नेपाललार्इ अर्को दुर्भाग्य हुनेछ । नेपालले फेरी आफूलार्इ नयाँ ढंगले अगाडी बढाउनुपर्नेछ । किनकी डिभिजन-२ खेल्न नेपालले एकदेखि डेढ बर्ष कुर्नुपर्ने हुन्छ ।

आइसीसीले डिभिजन-२ का विषयमा अहिले कुनै प्रतियोगिताको मिती नतोके पनि चाँडै तोक्छ भन्ने आशा गरिएको छ । यदि त्यसो भएमा नेपाली खेलाडीले मैत्रीपूर्ण खेल खेल्नु बाहेकको विकल्प छैन । घरेलु संरचनाको ताल पनि त्यही हो । खेलाडी फुर्सदमा हुने र आफ्नो भएको सीप पनि गुमाउने हुन कि भन्ने ठूलो डर छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey