मेसीको करियरको ६००औ‌ गोलमा बार्साले एथ्लेटिकोलाई हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२१
  • |
  • 193 पटक हेरिएको

फागुन २१ । स्टार खेलाडी लियोनल मेसीले करियरको ६ सयौ गोल गरेपछि बार्सिलोनाले ला लिगामा एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको छ । शिर्ष दुई क्लव विच भएको खेलमा बार्सिलोनाको जितमा मेसीको एकमात्र गोल निर्णायक बन्यो ।

घरेलु मैदान क्याम्प नोउ मा भएको निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाका लागि मेसीले २६ औ मिनेटमा फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए ।

९० हजार दर्शकमाझ भएको खेलमा त्यसपछि पनि दुबै टिमले बारम्बार राम्रा अवसर र्सिजना गरेपनि गोल गर्न सकेनन ।

३४ औ मिनेटमा कोउन्टिन्होको पासमा लुइस स्वारेजले गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । ७७ औ मिनेटमा स्वारेजले राम्रो गोलको अवसर पाएपनि अफसाइडमा रहन पुगे ।

त्यसपछि ७९ औ मिनेटमा मेसीले अर्को अवसर पाएपनि असफल बने । तर अन्तिममा मेसीले पहिलो हाफमा गरेको एकमात्र गोल बार्सिलोनालाई जित दिलाउन प्रयाप्त बन्यो ।

बार्सिलोनाको जितमा नायक बनेका मेसीले क्लवबाट अहिलेसम्म ५ सय ३९ गोल गरेका छन भने अर्जेन्टिनाबाट ६१ गोल गरेका छन ।

यो विचमा उनले बार्सिलोनाबाट ८ ला लिगाको उपाधि, ४ च्याम्पियन्स लिग र ५ स्पेनिस कपको उपाधि जितेका छन ।

जितसंगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिकोसँगको दुरी आठ अंकमा पुरयाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey