भारोत्तोलन टोली इरान जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 671 पटक हेरिएको

फागुन २०, काठमाडाैं । तेश्रो अन्तर्राष्ट्रिय फेजर कप भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सोमबार इरानको अहभाज प्रस्थान गर्ने भएको छ ।

मार्च ६ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ७७ केजीमा कमलबहादुर अधिकारी, ८५ केजीमा सुरेन्द्र श्रेष्ठ तथा १०५ केजीमाथि पुकार गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षकमा दिनेश भुजेल छन् भने निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायकद्वय प्रदीप श्रेष्ठ र रुकेश तण्डुकार छन् । तीनै खेलाडी पोखरामा गत पुस अन्तिम साता भएको राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका स्वर्ण विजेता हुन् । फेजर कपमा नेपालको यो पहिलो सहभागिता हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey