आर्सनल लिग कपको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-११
  • |
  • 185 पटक हेरिएको

माघ ११ । चेल्सीलाई हराउँदै आर्सनल लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राती भएको खेलमा आर्सनलले चेल्सीलाई २–१ ले हरायो । पहिलो लेगमा गोल रहित बराबरी भएको थियो ।

आर्सनलको मैदानमा भएको दोस्रो लेगमा चेल्सीले सुरुवाती अग्रता जोगाउन सकेन । ७औं मिनेटमा इडिन हाजार्डले चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, १२ औं मिनेटमा नै एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेपछि आर्सनल बराबरी गर्न सफल भएको थियो । ६० औं मिनेटमा ग्रेइन्ट जाखाले गरेको गोल आर्सनलको जितमा निर्णायक बन्यो ।

अब आर्सनलले फाइनलमा म्यान्चेष्टर सिटीको सामना गर्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey