टु टेन क्रिकेटमा नेपाली राइनोजले भाग लिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१३
  • |
  • 179 पटक हेरिएको

फागुन १३ । अमेरीकामा बस्दै आएका नेपाली पूूर्व क्रिकेट खेलाडी मिलेर स्थापना गरेको नेपाली राइनोज क्रिकेट क्लवले डालासमा हुने टुु टेन क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

साविक विजेता समेत रहेको नेपाली राइनोजले अघिल्लो संस्करणमा नेपालबाट नै राष्ट्रिय क्रिकेट खेलाडी बोलाएर सहभागिता जनाएको थियो । यसपटक सोहि बेला धनगढी प्रिमियर लिग परेकाले राष्ट्रिय खेलाडी जाने सम्भावना निकै कम रहेको छ ।

तर नेपाली राइनोजले केहि पुराना र केहि नयाँ खेलाडी सम्मिलित गरेर प्रतियोगितामा सहभागिता जनाउनेछ ।

जसका लागि नेपालबाट पनि खेलाडी बोलाउने तयारी भइरहेको नेपाली राइनोजका सस्थापक सदस्य तथा खेलाडी राकेश कर्णले बताए ।

टु टेन क्रिकेटमा नेपाली राइनोजसंगै लस भेगास चार्जर्स, हस्टन स्र्पाक्स, युुएई फाल्कोन्स, पञ्जाव लायन्स, क्यानाडा युनाईटेड, डालास ग्लाडिटियर्स र मायामी नाईट राइटर्सको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले ३६हजार ७ सय ५० अमेरीकी डलर पाउनेछ भने उपविजेताले १० हजार ५ सय डलर हात पार्नेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाली राइनोजले युुएई फाल्कोन्ससंग खेल्नेछ । दोस्रो खेलमा हस्टन स्र्पाक्ससंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शिर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey