क्रिकेटको साम्राज्यमा यसरी पुगे यी अफगानी शरणार्थी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१०
  • |
  • 215 पटक हेरिएको

फागुन १० । आम रुपमा अफानिस्तानबाट दिनहुँ हिंसाको खवरमात्र आउने गर्छ । त्यहीँका एक युवा अहिले क्रिकेटको दुनियाँमा सनसनी बनेर उदाएका छन् ।

पहिलो इण्डिन प्रिमियर लिगमा धमाकेदार प्रदर्शन, त्यसपछि अष्ट्रेलियाको बिग ब्यास लिगमा बलिङको जादू र अब आईसीसी एकदिवशीय बरियातामा शीर्ष स्थानमा । पछिल्लो दुई वर्षमा अफगानी बलर रशिद खानको उपलब्धि हो यो ।

जिम्बाबेबिरुद्ध १६ विकेट लिएका रशिद खान आईसीसी एकदिवशीय बलिङ बरियतामा पहिलो स्थानमा छन् । उनी भारतीय बलर जसप्रित बुम्राहसँगै शीर्ष स्थानमा छन् ।

यद्यपि यो सफलता त्यसै मिलेको भने होइन । यसको पछाडि संघर्षको लामो कहानी छ । यसै पनि धेरैजस्तो क्रिकेटर मुस्किल अबस्थाबाट गुज्रिरहेका हुन्छन्, तर, रशिद खानको कठिनाइ त त्यो भन्दा धेरै थियो ।

रशिद खानको जन्म सन् १९९८ मा पूर्वी अफगानिस्तानको नगरहारमा भएको थियो । उनका १० भाइ बहिनी छन् ।

सानै छँदा उनको परिबार अफगानिस्तानको गृहयुद्ध छल्न केहि वर्ष पाकिस्तानमा पनि बसेको थियो ।

पछि उनीहरु अफगानिस्तान नै फर्किए र सामान्य जीवन सुरु गरे । रशिद आफ्ना दाजुभाइसँग मिलेर क्रिकेट खेल्थे ।

अफगानिस्तानको बिकट गाउँदेखि व्यवसायिक क्रिकेटर बन्ने क्रममा पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीलाई उनले आफ्नो प्रेरणाका श्रोत माने । यतिसम्म कि उनको बलिङ एक्सन पनि अफ्रिदीसँग मिल्दोजुल्दो छ ।

१७औं जन्मदिन मनाएको केहि समयमै अफगानिस्तानको इन्टरनेशनल टिममा सामेल गरिएका रशिद खानले सन् २०१५ मा जिम्बाबेबिरुद्ध डेब्यू गरेका थिए ।

दुई वर्षपछि यही टिमको बिरुद्धमा जव उनी मैदानमा थिए जव आईपीएलको अक्सनमा रशिद खानको नाम छायो । उनी सबैभन्दा महंगो एशोसियट खेलाडी बने ।

उनलाई सनराइजर्स हैदराबादले ४ करोड भारुमा किन्यो । यसबीचमा रशिद आफैं अफगानी टिमको प्रमुख खेलाडीको रुपमा स्थापित भए ।

के हो मुख्य हतियार ?

विशेष कुरा यो हो कि उनी बल धेरै टर्न गराउँदैनन् । तर, हावामा बलको रफ्तार तीव्र बनाउँदै ब्याट्सम्यानलाई भ्रममा पार्ने प्रयास गर्छन् ।

यो स्टाइल पनि अफ्रिदीकै हो । साथै उनी विकेट टू विकेट बलिङ गर्छन् र उनको सबैभन्दा ठूलो हतियार गुगली हो ।

यसका अलावा उनी राम्रो फिल्डर पनि हुन् र आम रुपमा कभरमा रहन्छन् । वान डे क्रिकेटमा कभरलाई निक्कै व्यस्त ठाउँ मानिन्छ । यसका अलावा उनले पुच्छारक्रममा ब्याटिङ गर्नुका बाबजुद आक्राम रुप देखाउन सक्छन् ।

सन् २०१८ उनका लागि निक्कै लक्की सावित भएका छन् । आईसीसी बरियताको शीर्ष नम्बरमा पुग्नुभन्दा पहिले आईपीएलमा ९ करोड भारुमा बिके ।

एकदिवशीय क्रिकेटमा अहिलेसम्म ३७ खेलमा ८६ विकेट लिइसकेका छन् भने टि–२० को २९ खेलमा ४७ विकेट लिएका छन् ।

बिग ब्यासमा एडिलेड स्ट्राइकर्सको तर्फबाट खेल्दा उनको बलिङको निकै चर्चा भएको थियो ।

अष्ट्रेलियाको ठूला मैदानमा उनको बलमा बाउण्ड्री कटाउन ब्याट्सम्यानलाई निक्कै मेहनत गर्नुपरेको थियो ।

गत वर्ष उनले पाकिस्तान सुपर लिगमा क्वेटा ग्ल्याडिएटर्सबाट खेलेका थिए ।

आगामी आईपीएल सकिएपछि उनी इंग्ल्याण्डको नेटवेष्ट टि–२० ब्लास्ट प्रतियोगितामा सक्सेस काउन्टी क्रिकेट क्लवको तर्फबाट खेल्नेछन् ।

बीबीसी हिन्दीबाट अनुवादित

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey