एफ ए कपमा लिग वानको पुछारमा रहेको टिमसँग रोकियो टोटनह्याम

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०७
  • |
  • 168 पटक हेरिएको

इग्लिस फुटबल प्रतियोगिता एफ ए कप अन्तर्गत गएराति टोटेनह्याम र रोचडेल विचको पाँचौ चरणको खेल पुनः खेलिने भएको छ ।

दोस्रो डिभिजनको क्लव रोचडेलले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा पुगेपछि टोटनह्यामले यो खेल फेरी खेल्नुपर्ने भएको हो ।

रोचडेलको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एक गोलको अग्रता जोगाउन सकेन ।

दोस्रो डिभिजनको पनि पुछारमा रहेको क्लव रोचडेलले टोटनह्याम विरुद्ध खेलको ४५ औ मिनेटमा अग्रता लिन सफल भयो । उसका लागि लान हेन्डरसनले गोल गरे ।

तर त्यसपछि टोटनह्यामले लगातार २ गोल गर्न सफल भयो । एक गोल लुकास मोउराले गरे भने अर्को गोल हेरी केनले पेनाल्टी मार्फत गरे ।

तर खेल सकिन केहि सेकेण्ड बाकि हुदा रोचडेलका स्टिभ डेभिसले अप्रत्यासित गोल गर्दै टिमलाई हारबाट बचाए । जसका कारण टोटनह्यामले क्वाटरफाइनलमा पुग्नका लागि फेरी खेल्नु पर्ने भएको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey