प्रधानमन्त्री कप महिला भलिबलमा पुलिस र न्यु डाइमन्ड सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०४
  • |
  • 192 पटक हेरिएको

नेपाल पुलिस क्लब र बंगलादेशको इफाट महिला भलिबल टोलीले पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबलमा शुक्रबार जित हासिल गरेका छन ।

नेपालगन्ज कभर्ड हलमा भएको खेलमा पुलिसले भारत देहरादुनको टिमलाई सहजै २५–१, २५–१४, २५–१७ ले पराजित गरेको छ ।

खेलमा पुलिसकी कामना विष्ट वुमन अफ द म्याचबाट पुरस्कृत भइन । यसैगरी अर्को खेलमा घरेलु टिम बंगलादेशको इफाट महिला भलिबल टोलीसँग पराजित हुन पुगेको छ ।

इफाटले न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबलाई २७–२५, २५–२२, २६–२४ ले हरायो । बंगलादेशी टोलीकी इसु वुमन अफ द म्याचबाट पुरस्कृत भइन ।

शुक्रबारको नतिजासँगै नेपाल पुलिस क्लब र शिवम न्यु डायमन्ड एकेडेमी समूह बी बाट सेमिफाइनल पुगेपनि डायमन्ड र भारतीय टोलीले समुहको अन्तिम खेल खेल्न बाँकी छ ।

समान एक खेल जित्दै डायमन्ड र पुलिस अन्तिम चारमा पुगेका हुन । घरेलु टोलीले सुरुआतमा उत्कृष्ट खेल खेल्ने कोसिस गरेपनि समन्वय नमिल्दा जित हासिल गर्न सकेन ।

प्रतियोगिता अन्तर्गत शनिबारको पहिलो खेलमा एपिएफ र न्यु इन्द्रेणी बागेश्वरी स्पोर्टस क्लबले खेल्नेछन । अर्को खेलमा शिवम न्यु डायमण्ड र भारतको स्र्पोटस ट्रेनिजले प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगिता फागुनको ७ गते सम्म चल्नेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछ ।

प्रतियोगिताको पहिलो पुरस्कार शुसिल कोइराला स्मृती प्रतिष्ठानले प्रायोजन गरेको छ । प्रतियोगिताको समुह ए मा एपिएफ, बंगलादेश टिम र आयोजक रहेको छ ।

अर्को समुहमा नेपाल पुलिस क्लब, शिवम न्यु डायमण्ड र भारत देहरादुनको स्पोर्टस ट्रेनिज रहेको छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey