बालुवाटार खुकुरी कप क्रिकेटको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०२
  • |
  • 295 पटक हेरिएको

फागुन २, काठमाडौं । बालुवाटार क्रिकेट क्लव काठमाडौंमा जारी खुकुरी च्यालेञ्जर्स कप टि–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

बुधबार भएको तेस्रो क्वार्टरफाइनलमा मकवानपुर क्रिकेट क्लवलाई २२ रनले हराउँदै बालुवाटार सेमिफाइनलमा पुगेको हो ।

मूलपानी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बालुवाटारले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । उसका लागि सुमन उदयले ४४ तथा पृथु बास्कोटााले ४५ रन बनाएका थिए । प्रनित थापामगरले २५ तथा सोनु तामाङले २० रन बनाए । बालुवाटारले १९ अतिरिक्त रन पाएको थियो । बलिङतर्फ मकवानपुरका अशिम श्रेष्ठले २ विकेट लिए ।

जवाफमा मकवानपुर १८.५ ओभरमा १४५ रनमा समेटिएपछि बालुवाटारको २२ रनको जित सम्भव भयो । मकवानपुरका लागि हशिम अन्सारीले ४७ रन बनाउनुबाहेक अन्यको प्रदर्शन सन्तोषजनक रहेन ।

मकवानपुरलाई सस्तैमा समेट्न बालुवाटारका क्षितिज सिंहले ३, सिद्धान्तराज शाही र रितेश सिंहले २÷२ तथा अमरसिंह रौतेलाले १ विकेट लिए । बालुवाटारका क्षितिज सिंह म्यान अफ द म्याच घोषित भए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey