नेपालले टस जितेर फिल्डिङ रोज्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०२
  • |
  • 173 पटक हेरिएको

फागुन २, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र क्यानडा भिड्दैछन् ।

नामिवियाको विण्डहकस्थित वण्डरर्स मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

यसअघिका चार खेलमा तीन जित र एक हार आत्मसाथ गरेका दुवै टोलीका लागि आजको खेल जित्नैपर्ने दवाव छ ।

क्यानडा, नामिविया र नेपालको ४ खेलबाट ६ अंक छ भने तीन टोली क्रमसः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । रनरेटको आधारमा नेपाल तेस्रो भएको छ ।

प्रतियोगिताको शीर्ष २ भित्र परेर विश्वकप छनोट खेल्ने तथा डिभिजन वानमा पुनरागमन गर्ने लक्ष्य सार्थक बनाउनका लागि नेपालले आजको खेल जित्नुको बिकल्प छैन ।

आजै हुने खेलमा नामिवियाले पनि युएईबिरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey