राखेप च्याम्पियनसिप राष्ट्रिय तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०६
  • |
  • 295 पटक हेरिएको

माघ ६, काठमाडौं । नेपाल प्रहरीका वीरबहादुर महरा र एपीएफ क्लवकी अस्मिता खड्का १४औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिएका छन् । यता प्रतियोगितामा त्रिभुवन आर्मी ७ स्वर्णसहित टिम च्याम्पियन बनेको छ । पुम्सेतर्फ पनि आर्मीले २ स्वर्ण जित्यो ।

महिला र पुरुष गरी १६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा आर्मीले ७ स्वर्ण जित्दा नेपाल प्रहरीले ६, एपीएफले २ र मध्यमाञ्चलले १ स्वर्ण जितेका छन् ।

महराले पुरुष ६३ केजीमाथि तौलसमूहमा स्वर्ण जित्दा एपीएफकी अस्मिता खड्काले महिला ४९ केजीमूनि तौलसमूहमा स्वर्ण जितिन् ।

सातदोवाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमीको हलमा शनिबार भएका फाइनल खेलमा अस्मिताले त्रिभुवन आर्मीकी काजल श्रेष्ठलाई हराउादै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा पश्चिमाञ्चलकी प्रशंशा क्षेत्री र नेपाल प्रहरीकी आयशा लामाले काश्य जिते ।

अर्को फाइनलमा महिला ४६ केजीमूनि तौलसमूहमा आर्मीकी कल्पना चौधरीले स्वर्ण जित्दा पश्चिमाञ्चलकी सरिता श्रेष्ठले रजत तथा पूर्वाञ्चलकी शान्ता खवास र एपीएफकी संगीता श्रेष्ठले काश्य जिते ।

त्यस्तै महिलाको ५३ केजीमूनि तौलसमूहमा नेपाल प्रहरीकी निमा गुरुङले पूर्वाञ्चलकी सन्ध्याकुमारी सिंहलाई हराउादै स्वर्ण जितिन् । यस स्पर्धामा एपीएफी प्रतिभा विष्ट र आर्मीकी नम्रता तुलाधरले काश्य जिते ।

पुरुषतर्फ आज भएका फाइनलमा ५४ केजीमूनि तौलसमूहमा प्रहरीका मनोज मल्लले एपीएफका चन्द्र रानामगरलाई हराउादै स्वर्ण जिते । मध्यपश्चिमका शैलेश गिरी र आर्मीका ताराकुमार रायमाझीले काश्य जिते ।

पुरुषकै ५८ केजीमूनि तौलसमूहमा आर्मीले सागर गुुभाजूूले स्वर्ण जित्दा मध्यमाञ्चलका कपील लामाले रजतमा चित्त बुझाए । मध्यपश्चिममा मनमोहन भट्टराई र नेपाल प्रहरीका अमित साहले संयुक्त काश्य जिते ।

यसअघि शुक्रबार ६ र बिहीबार ५ तौलसमूहको फाइनल सकिएको थियो । पुम्सेतर्फको फाइनल बिहीबारै सकिएको थियो । पुम्सेतर्फ पुरुषमा एपीएफका नवीन श्रेष्ठ र महिलातर्फ आर्मीकी निता गुरुङ उत्कृष्ट खेलाडी चुनिए ।

तीन दिने प्रतियोगितामा महिला र पुरुषको आठ आठ तौलसमूहमा तीन बिभागीय र ५ विकासक्षेत्रसहित ८ टोलीबाट १७६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey