भब्यरुपमा गरियो विन्टर ओलम्पिकको उद्घाटन- फोटो फिचर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२६
  • |
  • 165 पटक हेरिएको

माघ २६ । विन्टर ओलम्पिकको २३ औं संस्करणको उद्घाटन दक्षिण कोरियाको पियोङचाङमा भब्य रुपमा गरिएको छ ।

ओलम्पिकका केही खेलहरु यस अघिनै सुरु भएपछि औपचारिक उद्घाटन आज भएको हो । यस पटकको विंटर ओलम्पिक उत्तर र दक्षिण कोरिया बीचको सम्बन्धका कारण बढी चर्चित बनेको छ ।

उद्घाटन समारोहमा उत्तर कोरियाको शासक किम जोन उनकी प्रभावशाली वहिनी किम यो जोङ पनि सहभागी भएकी छिन् ।

उद्घाटन शत्रका क्रममा दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ–इनले उत्तर कोरियाकी किम यो जोङसंग हात मिलाउनुभएको थियो । यस्तै, उद्घाटन समारोहपछि अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले उत्तर कोरियाली डेलिगेसनसंगै लन्च नगरेको समाचारले चर्चा पायो ।

उद्घाटन समारोहमा उत्तर र दक्षिण कोरीयाका खेलाडीले एउटै झण्डामुनी मार्चपास गरेका थिए । अत्यन्त कडा सुरक्षा विच आयोजना भएको उद्घाटनमा हजारौ कलाकारले आफनो प्रस्तुती दिएका थिए ।

जसमा ३० हजार कोरीयनले रंगशाला भित्र उद्घाटनको मज्जा लिएका थिए । माइनस तीन डिग्री सेन्टिग्रेडमा भएको उद्घाटन समारोहमा उत्तर र दक्षिण कोरीयाका दुई सय भन्दा बढी चियरलिडर्सले प्रस्तुती दिएका थिए ।

दुबै कोरीयाको परम्परा झल्किने गरी विभिन्न डान्सर्सले आफनो प्रस्तुती दिएका थिए ।

मार्च पासमा उत्तर र दक्षिण कोरीयाको झण्डा संयुक्त रुपमा हुवाङ चुङ गुम र वान युन जोङले बोकेका थिए । प्रतियोगितामा उत्तर कोरीयाले २२ खेलाडीलाई पठाएको छ ।

कुल ९२ देशको सहभागिता रहेको प्रतियोगितामा दुई हजार नौ सय ९२ खेलाडीको सहभागिता रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey